अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको यही अगस्ट १६ र १७ मा हुने भनिएको निर्वाचन अन्यौलमा परेको छ ।
निर्वाचनको दुई दिनअघि निर्वाचन समितिका संयोजक बासु फुलारासहित सम्पूर्ण सदस्यहरूले सामूहिक रूपमा दिएसंगै निर्वाचन अन्यौलमा परेको हो ।
यसैक्रममा वर्तमान अध्यक्ष डा. अर्जुन बन्जाडेले एनआरएनए एनसीसी अमेरिकाको असहज अवस्थाका बारेमा सम्बन्धित निकायहरूसँग तत्काल छलफल गरी बिधानअनुसार उचित निर्णय लिने उल्लेख गरेका छन् ।
यसैगरी यसअघि नै विकास उप्रेतीको नेतृत्वमा एनआरएए एनसीसी अमेरिकाको कार्यसमिति निर्विरोध निर्वाचित भइसकेको छ ।
सन् २०२५-२७ का अध्यक्षका उम्मेदवार सतेन्द्र साहको प्रतिक्रिया:
प्रेस विज्ञप्ति
August 14, 2025
एनआरएनए एनसीसी अमेरिकाको वर्तमान निर्वाचन स्थिति र यसको समाधानबारे हाम्रो धारणा
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको निर्वाचनको तोकिएको मिति (August 16 & 17, 2025) भन्दा मात्र दुई दिनअघि निर्वाचन आयोगका प्रमुखसहित सम्पूर्ण सदस्यहरूले सामूहिक रूपमा दिएको राजीनामाको समाचारले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ। तोकिएको मितिमा निर्वाचन सम्पन्न हुन नसक्नु संस्थाको लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर प्रश्न उठ्नुको साथै संस्थाको गरिमा र भविष्य नै अनिश्चित बनाउने कार्य हो।
निर्वाचन सञ्चालनका लागि भेन्डर समेत निश्चित भइसकेको अवस्थामा आयोगको यो गैरजिम्मेवार कदमले सम्पूर्ण संस्थालाई अन्यौलको गहिरो भुमरीमा फसाइदिएको छ।
हामी स्पष्ट रूपमा पूर्व निर्धारित समय (August 16 एवं 17) मै निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा छौं। संस्थालाई यो संवेदनशील अवस्थाबाट बाहिर निकाल्नका लागि वर्तमान अध्यक्ष डा. अर्जुन बन्जाडेलाई एनआरएनए एनसीसी अमेरिकाका सम्बन्धित निकायहरूसँग तत्काल छलफल गरी बिधानअनुसार उचित निर्णय लिई निर्धारित समयमै निर्वाचन प्रक्रिया र साधारणसभा सम्पन्न गर्न आग्रह गर्दछौं।
डा. बन्जाडेले बिधानसम्मत चाल्ने हरेक सकारात्मक कदममा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ। गौरवपूर्ण इतिहास बोकेको यस संस्थाका सम्पूर्ण साधारण सदस्य तथा सरोकारवालाहरूलाई यस कठिन घडीमा एकताबद्ध भई संस्थाको लोकतान्त्रिक मूल्य र प्रतिष्ठा जोगाउन हार्दिक अपील गर्दछौं।
जय एनआरएनए!
सतेन्द्र साह
अध्यक्ष पदका उम्मेदवार (२०२५–२०२७)
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका
प्रतिक्रिया दिनुहोस्