३० भाद्र २०८२, सोमबार

एनआरएनए आईसीसीले गर्यो एनसीसीका अध्यक्ष, पदाधिकारी र सदस्यहरूको सम्मान कार्यक्रम

कोलोराडोखबर संवाददाता , August 11th, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएन) आईसीसीले जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गरेका विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्ष, पदाधिकारी र सदस्यहरूको सम्मानमा विशेष स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

आइतवार भर्‍चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले साधारण सभा र निर्वाचन दुवै एनसीसीको वैधानिक अधिकार भएको उल्लेख गर्दै, यी प्रक्रियालाई सहज र सफलतापूर्वक सम्पन्न गराएकोमा सबै एनसीसीहरूप्रति धन्यवाद व्यक्त गरे।

उनले गत जुलाई महिनामा ५८ एनसीसीले अधिवेशन र निर्वाचन सम्पन्न गरेकोमा सन्तोष व्यक्त गरे।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्माले, महिला उपाध्यक्ष रोजिना प्रधान राई, केन्द्रीय उपाध्यक्षद्वय रामशरण सिंखडा र रबिनप्रसाद शेरचन, प्रवक्ता फणिन्द्र पन्त, महिला संयोजक अनुजा प्रधान, डिआरसी रोबर्ट लिम्बु, युरोप सचिव भुवन अर्याल, सह–कोषाध्यक्ष कञ्चन थापा, सचिव पारसमणि पोख्रेल, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोख्रेल, अमेरिका क्षेत्रीय संयोजक बेद बस्नेत र महासचिव गौरीराज जोशीले पनि नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

त्यस्तै, एनसीसी बेलायत, स्पेन, क्यानडा, जापान, अष्ट्रेलिया, न्युजिल्यान्ड, पपुआ न्यूगिनी, अमेरिका, रुवाण्डा, टर्की, ओमन, हङकङ, कङ्गो, पोर्चुगल, नेदरल्याण्ड, स्विडेन, साउथ सुडान, ब्राजिल, कोलम्बिया, डेनमार्क लगायत ५२ देशका करिब ८ सय नवनिर्वाचित अध्यक्ष तथा प्रतिनिधिहरूले संघको आगामी कार्यदिशा, अनुभव र सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्