९ कार्तिक २०८२, आईतवार

अमेरिकाको बोस्टन निवासी सोनालीले जितिन् ‘भ्वाइस किड्स’ को उपाधि

कोलोराडोखबर संवाददाता , August 10th, 2025

नेपाल । ‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितिन् ।

पिता पुर्खाको थाकथलो नेपालको ओखलढुङ्गा जिल्ला, रामबजार–५ रही अमेरिकामै जन्मिएर हाल अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा परिवारसंगै बस्दैआइरहेकी सोनाली राजभण्डारी टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ चौथो सिजनको विजेता बन्न सफल भएकी छिन् ।

सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे ।

विजेता भएसँगै सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन् । आफ्नो टिमकी सोनालीले उपाधि चुमेपछि कोच मेलिनाले एकदमै खुसी लागेको बताइन् । उपाधिका लागि फिनालेमा ८ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धितालले फाइनलिस्ट थिए।

कोच मेलिना राईको समूहबाट सोनाली र नोरेन लोय क्षेत्री, कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँले प्रतिस्पर्धा गरे ।

कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट थिए ।

प्रतिक्रिया दिनुहोस्