३० भाद्र २०८२, सोमबार

नेपाली युवाले चलाएका दुई व्यबसाय अष्ट्रेलियाको प्रशिद्ध लोकल बिजनेस अवार्डबाट सम्मानित

कोलोराडोखबर संवाददाता , August 8th, 2025

अमेरिका । अष्ट्रेलियामा रहेका दुई नेपाली नेतृत्वका उद्यमहरू क्लिक कन्सल्टिङ्ग गु्रप र आइटी टुगेदरले बिजनेस अवार्ड परमाटा जितेका हुन् । उत्कृष्ट शिक्षा सेवा तर्फ क्लिक कन्सल्टिङ्ग गु्रप र आइटी टुगेदरले उत्कृष्ट नयाँ व्यवसायका रुपमा परामाटा सम्मान प्राप्त गर्न सफल भएका हुन् ।

क्लिक कन्सल्टिङ्ग गु्रपले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूलाई आइटी, लेखा, इञ्जिनियरिङ र साइबर सुरक्षामा जागिर खोज्न मद्दत गरेर ठूलो परिवर्तन ल्याइरहेको छ । अहिलेसम्म, यस गु्रपले सयौँ विद्यार्थीहरूलाई सफलतापूर्वक आफ्नो करियर सुरु गर्न मद्दत गरेको छ ।

अर्कोतर्फ आइटी टुगेदरले प्राविधिक स्टार्टअपका साथै साना र मझौला व्यवसायहरूलाई एआइ सञ्चालित सिआरएम समाधानहरू मार्फत आफ्नो दैनिक कार्यहरू स्वचालित गर्न मद्दत गरिरहेको छ । वास्तविक व्यावसायिक समस्याहरू समाधान गर्ने उनीहरूको नवीन दृष्टिकोणले उत्कृष्ट नयाँ व्यवसायको उपाधि दिलाएको हो ।

यी उद्यमहरूमा नेपाली युवा ओम राउत, सन्तोष श्रेष्ठ, विकास रिजाल, सुनील सिग्देल र अनिस कार्की रहेका छन् । उनीहरूको कामले जोश, कडा परिश्रम र सही सोचका साथ युवा आप्रवासीहरूले विदेशमा सफल हुनुका साथै समुदायलाई पनि फिर्ता दिन सक्छन् भन्ने कुराको अनुभुति गराएको छ । उनीहरूको सफलता केवल व्यक्तिगत जित मात्र नभइ अष्ट्रेलियामा रहेका सबै नेपालीहरूका लागि गर्वको विषय बनाएको छ ।

यो अवार्ड युवाहरुले प्रवर्द्धन गरेका स्टार्टअपलाई प्रतिश्पर्धाका आधारमा प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्