१७ श्रावण २०८२, शनिबार

झलनाथ खनालले पार्टीविरुद्ध बोलेको हो भने नैतिकताका आधारमा राजीनामा दिनुपर्छः नेपाल

कोलोराडोखबर संवाददाता , August 2nd, 2025

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार निरन्तर सञ्चालन हुने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा (एमाले) र नेपाली कांग्रेसको संसदमा बहुमत र सहमति कायम रहुन्जेलसम्म सरकार परिवर्तन हुन नसक्ने प्रष्ट पारे।

पूर्वप्रधानमन्त्री नेपालले सम्मानित नेता झलनाथ खनालले पार्टीविरुद्ध बोलेको हो भने नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनले बताए ।

उनले आफूविरुद्ध पतञ्जलीको जग्गासम्बन्धी भ्रष्टाचारको मुद्दा पूर्वाग्रह रूपमा लगाइएको हो भन्दै हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न पाउन जिल्ला तहदेखि सर्वसम्मत रूपमा निर्णय भएकाले यो भ्रष्टाचारको मुद्दा नै नभएको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्