१७ श्रावण २०८२, शनिबार

बागमती प्रदेश सरकारमा भएको विवाद काँग्रेस आफैंले मिलाउने

कोलोराडोखबर संवाददाता , August 1st, 2025

नेपाल । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धन दलको बैठकमा सत्ता घटक दल एमालेले बागमती प्रदेश सरकारमा भएको विवादमा चासो राखेको छ ।

बैठकमा सत्तारुढ दुई दल एमाले र कांग्रेसबीचको छलफलका क्रममा एमालेका नेताहरूले यसबारे चासो राखेका थिए । एमालेको चासोमा कांग्रेसले भने आफूहरूको आन्तरिक विषय आफैं मिलाउने जवाफ फर्काएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउने तयारीस्वरुप संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भइसकेका छन् । यद्यपि लामाले पदबाट राजीनामा दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्