अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले गम्भीर बिरामी भएका संघका आजीवन सदस्य जीवन्त वाग्लेको उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध गरेको छ ।
नेजाले आजीवन सदस्य वाग्लेको सहयोगार्थ ‘गोफन्ड अभियान’ पनि सञ्चालन गरी सहयोगका लागि अनुरोध गरेको हो ।
नेजाका महासचिव ईश्वरी न्यौपानेले साउन ११ गते बसेको सल्लाहकारसहितको बैठकले सहयोग गर्ने निर्णयबमोजिम यो अभियान सञ्चालन गरिएको बताए । “वाग्ले ‘ब्रेन टुयुमर’को समस्याबाट ग्रस्त छन् ।
अमेरिकास्थित क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोस्थित वालनट क्रिकको जोन म्युअर अस्पतालमा जुलाई ७ मा शल्यक्रिया गरेपछि उनी अहिलेसम्म सोही अस्पतालमै छन्”, उनले भने ।
महासचिव न्यौपानेले भने, “उहाँको स्वर गुमेको छभने होस पनि पूरै नआएको तथा खानासमेत मुखबाट खान नसकेपछि पेटमा पाइपको माध्यमद्वारा झोलिलो खाना मात्र दिनु परिरहेको छ । उहाँलाई कति समयसम्म अस्पताल राख्नुपर्ने र पूर्ण स्वस्थ हुन सक्नेरनसक्नेबारे चिकित्सकले केही भन्न नसकिने बताएका छन् ।”
नेजाले अभियानलाई धेरैभन्दा धेरै व्यक्तिको पहुँचमा पुर्याउन तथा आर्थिक सहयोगका लागि आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस्