नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
विश्व फुटबल महासंघ (फिफा) को सहयोगमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम बिहीबारदेखि औपचारिक रूपमा शुभारम्भ भएको हो ।
दशरथ रङ्गशालामा आयोजित विशेष कार्यक्रमबिच प्रधानमन्त्री ओलीले विश्व फुटबल महासङ्घ (फिफा)को सहयोगमा प्राप्त करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण पनि गर्नुभयो ।
कार्यक्रमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो फुटबल रङ्गशाला निर्माण गरिने घोषणासमेत गर्नुभयो ।
‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमले फुटबललाई विद्यालय तहमा लैजान ठुलो भूमिका खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
फिफाले यस कार्यक्रमअन्तर्गत एन्फासँगको सहकार्यमा ७५ वटै जिल्लाका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल उपलब्ध गराउने छ ।
प्रतिक्रिया दिनुहोस्