अमेरिका । अमेरिकाका आठ राज्यमा सयौं जनाको ‘होम ओनर’ हुने सपनालाई सफलतापूर्वक सहयोग पुर्याईसकेको सिम्पल मोर्गेज कम्पनीले पाँच वर्ष पूरा गरेको छ ।
उक्त कम्पनी सिम्पल मोर्टगेजले भर्जिनिया, म्यारील्यान्ड, पेनसिल्भेनिया, डेलावेयर, कोलोराडो, जर्जिया, नर्थ क्यारोलाइना र ओहायो गरी आठवटा राज्यहरूमा लाइसेन्स प्राप्त गरी सेवा विस्तार गरेको छ ।
कम्पनीको संस्थापक तथा सीईओमा गणेशचन्द्र बानियाँ हुनुहुन्छ भने बजार बिकास प्रबन्धक कृष्ण भण्डारी र प्रोसेसिंग अपरेशन मेनेजरमा कृष्ण क्षेत्री हुनुहुन्छ ।
पाँच वर्षे व्यवसायिक यात्राको सफलताका लागी सीईओ बानियाँले सबै ग्राहक, मोर्गेज ऋण अधिकारीहरु, कर्मचारी र शुभेच्छुकहरु समक्ष हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।
नेपालको गोरखामा घर भएका कम्पनीका संस्थापक तथा सीईओ बानियाँ हाल अमेरिकाको भर्जिनियाँ निवासी हुनुहुन्छ । उहाँले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्