नेपाल । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।
पार्टीको आन्तरिक विवाद चर्कँदै गएपछि पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।
अध्यक्षलाई हटाएसँगै पार्टीको नयाँ अध्यक्ष चयनबारे राष्ट्रिय भेलामा छलफल अगाडि बढाइएको पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्