नेपाल । रास्वपाले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।
रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानविन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको हो ।
बैठकले सदनमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्