१५ श्रावण २०८२, बिहीबार

कांग्रेसको संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित, बागमतीको मुख्यमन्त्री हुने !

कोलोराडोखबर संवाददाता , July 31st, 2025

नेपाल । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

बुधबार अपराह्न सम्पन्न निर्वाचनमा मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामालाई पछि पार्दै बानियाँ विजयी भएका हुन् ।

मतगणना अनुसार बानियाँले २२ मत प्राप्त गरे भने लामा १४ मतमा सीमित रहे । एक मत भने बदर भएको छ । कुल ३७ जना कांग्रेस सांसदहरूले मतदानमा भाग लिएका थिए ।

संसदीय दलको नेतृत्वको यो परिवर्तनले बागमती प्रदेशको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ । अब बानियाँ बागमतीको मुख्यमन्त्री हुने प्रवल संभावना छ ।

प्रतिक्रिया दिनुहोस्