नेपाल । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई कारागार चलान गरिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । उनीमाथि बलात्कार आरोपमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा उनी यही साउन ४ गते पक्राउ परेका थिए ।
काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्