नेपाल । टेलिभिजन हास्य सो ‘कमेडी दरबार’ टिमले चलचित्र निर्माण गर्ने भएको छ । निर्माण टिमले ‘क का कि की’ को ‘थिम पोस्टर’ सार्वजनिक गर्दै चलचित्र निर्माण घोषणा गरेको हो । पोस्टरमा कलाकार गौरी मल्ल, तृप्ति नाटकर, रेखा थापा र महेश त्रिपाठी देखिनुभएको छ ।
कमेडी दरबार टिमबाट टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजाता श्रेष्ठ, विश्वास तिम्सिना, सिडी विजय अधिकारीलगायतको पनि विशेष भूमिका रहने छ ।
चलचित्रको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईले संयुक्त रूपमा गर्नुहुने छ । माया इन्टरटेनमेन्ट स्टुडियोको ब्यानरमा निर्माता श्रद्धा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रको र पटकथा विक्की अग्रवालले लेख्नुभएको हो । यसै गरी कथा विक्की, विकास अर्याल र सरोज भण्डारीको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्