१३ श्रावण २०८२, मंगलवार

सरकारका गलत क्रियाकलापविरुद्ध माओवादी केन्द्र र नेकपा एस खरो रूपमा प्रस्तुत हुने

कोलोराडोखबर संवाददाता , July 29th, 2025

नेपाल । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) ले सरकारका गलत क्रियाकलापविरुद्ध संसदका बैठकहरूमा खरो रूपमा प्रस्तुत हुने निर्णय गरेका छन् ।

सोमबार सिंहदरबारमा भएको दुई दलका नेताहरूको भेटघाटले यस्तो निर्णय गरेको हो ।

भेटमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्