नेपाल । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दामा वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।
न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई वारेस अनुमति नदिएको हो । विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई आठदेखि १० वर्षसम्म कैद सजाय हुने कसुरमा मुद्दा चलाएकोले फौजदारी कार्यविधि संहिताको व्यवस्था अनुसार वारेस अनुमति दिन नमिल्ने आदेश गरेको हो । वारेस अनुमति अस्वीकृत भएसँगै तारिखमा नेपाल अब स्वयम् उपस्थित हुनुपर्ने छ ।
तीन वर्षभन्दा बढी कैद सजाय हुने अभियोग दाबी लिइएकाले प्रचलित कानुन अनुसार उक्त अनुमति दिन नमिल्ने अदालतको आदेशमा उल्लेख छ ।
पतञ्जली जग्गा प्रकरणमा नेपालविरुद्ध जेठ २२ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्