१३ श्रावण २०८२, मंगलवार

सिन्धुलीबाट सम्पर्कविहीन भएको हायू परिवारका १६ जना पोखरामा भेटिए

कोलोराडोखबर संवाददाता , July 29th, 2025

नेपाल । सिन्धुलीबाट सम्पर्कविहीन भएको हायू परिवारका १६ जना सदस्यहरु कास्कीको पोखरा महानगरको गगनगौंडामा भेटिएका छन् ।

हायू परिवारका सदस्यहरु गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

शनिबार आएर पोखराको होटल जननीमा बसेको हायू परिवार आइतबार त्यहाँबाट निस्केका थिए । उनीहरुले प्रहरीलाई मजदूरी गर्न पोखरा आएको जानकारी दिएका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा ६ बाट हायू परिवार गएको शुक्रबारदेखि सम्पर्कविहीन रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्