कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा चन्द्र गुरुङ निर्वाचित भएका छन् ।
त्यसैगरी च्याप्टरको सचिवमा भुवन सापकोटा निर्वाचित भएको च्याप्टरका निवर्तमान अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनु भयो ।
सन् २०२५–२७ कार्यकालको नयाँ नेतृत्व चयनका लागि यही जूलाई २७ र २८ गते निर्वाचन भएको थियो ।
अध्यक्षमा निर्वाचित गुरुङ च्याप्टरको २०२३–२५ कार्यकालमा युवा संयोजक थिए । त्यस्तै सोही कार्यकालमा सल्लाहकार रहेका सापकोटा सचिवमा निर्वाचित भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा बिनोद गुरुङ, महिला सचिवमा कालिमाया गुरुङ, कोषाध्यक्षमा सन्दीप लामा र बीओडीमा सुमन पाठक, सहन पौडेल र सवन पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष र सचिव पदमा मात्रै चुनाव भएको थियो ।
प्रतिक्रिया दिनुहोस्