नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्रसंघीय मिशन (यूएनडीपी) बीच आपसी सहकार्यका विविध विषयमा विशेष छलफल सम्पन्न भएको छ ।
उक्त छलफलमा विपद् व्यवस्थापन, लगानी, महिला तथा बालबालिका, युवा सशक्तिकरण, जलवायु परिवर्तन, संस्थागत क्षमता अभिवृद्धिक, दिगो विकासका लक्ष्य प्राप्ति लगायतका प्रमुख क्षेत्रहरूमा आपसी सहकार्य र साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको छ ।
उक्त अवसरमा यूएनडीपीका तर्फबाट उप–आवासीय प्रतिनिधि जुलियन चेभिलार्ड, जोखिम व्यवस्थापन विज्ञ सुधिर कुमार र नीति सल्लाहकार विजय सिंहका साथै एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, वरिष्ठ अधिकृत कुनाल मिश्रा तथा परामर्शदाता विपद् विज्ञ बिमल गदालको सहभागिता थियो ।
आगामी दिनमा दुबै संस्थाले आपसी हितका विषयमा छलफल तथा सहकार्य गर्दै जाने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्