१३ श्रावण २०८२, मंगलवार

२०८३ सालको मंसिर भन्दापछि महाधिवेशन लैजान हुँदैनः कृष्ण सिटौला

कोलोराडोखबर संवाददाता , July 28th, 2025

नेपाल । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने बताएका छन् ।

साथै नेता सिटौलाले ०८३ सालको मंसिर भन्दा पछि महाधिवेशन लैजान नहुने उल्लेख गरे ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यसबारे जानकारी गराएका हुन् ।

उनले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्