नेपाल । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले विशेष कार्यक्रमको आयोजना गर्दै बद्रीविक्रम थापाको १०३औँ जन्मस्मृति दिवस मनाएको छ ।
आइतबार काठमाडौंंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगःलाई ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार २०८२’ र समाजसेवी तथा चित्रकलाकार उर्मिला गर्ग उपाध्यायलाई ‘सेवा पुरस्कार नेपाल २०८२’ प्रदान गरे ।
उक्त दुवै पुरस्कारकासाथ जनही नगद राशि दुई लाख २२ हजार रुपैयाँ प्रदान गरियो ।
उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सानुकान्छी तामाङ र मिनु मालाकारलाई जनही नगद राशी २५ हजारसहित श्रम सम्मान प्रदान गरे ।
कार्यक्रममा गुठीले सिन्धुली गोलन्जोर खनियाखर्कस्थित ऋतम्भरा ज्ञान स्वरूप विद्यालयलाई शैक्षिक सामग्री व्यवस्थापनका लागि नगद राशि ५० हजार रुपैयाँ र ललितपुर पाटी पुनर्निमाण उपभोक्ता समिति, बगलामुखीलाई नगद राशि २५ हजार रुपैयाँ सहयोग स्वरूप प्रदान गर्यो ।
कार्यक्रममा प्रमुख अतिथि कोइरालाले विराटनगरबाट लिएको आफ्नो नागरिकता प्रमाणपत्रमा बद्रीविक्रम थापाको दस्तखत रहेको प्रसंग स्मरण गर्दै आफू थापाको व्यवहारबाट प्रभावित भएको बताए ।
कोइरालाले भने, “विराटनगरमा प्रशासकीय जिम्मेवारीमा रहँदा पनि बद्रीविक्रम थापा हाम्रो हजुरआमालाई भेट्न कोइराला निवास आउनु हुन्थ्यो । तर, गणतन्त्रपछि प्रशासकहरूप्रतिको दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको छ । आज दलीय घेरामा प्रशासकहरू नराम्ररी पर्नुभएको छ । त्यसैले पूर्व प्रशासकहरूप्रति मलाई धेरै श्रद्धा छ ।”
उक्तअवसरमा ‘बहुआयामिक व्यक्तित्व दमननाथ ढुंगाना’ स्मृतिगन्थ र र गुठीको मुखपत्र ‘सेवा नेपाल २०८२’ ९दमननाथ ढुंगाना श्रद्धाञ्जलि अंक०को लोकार्पण पनि गरियो ।
प्रतिक्रिया दिनुहोस्