११ श्रावण २०८२, आईतवार

नीति र विचारका आधारमा कम्युनिस्ट एकता हुनुपर्छः प्रचण्ड

कोलोराडोखबर संवाददाता , July 27th, 2025

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिस्ट एकता हुनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्म शताब्दी तथा ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले दलाल पुँजीवादको पक्षपोषण नगरी त्यस विरुद्ध सङ्घर्ष गर्ने वाम शक्तिबीच एकता हुन सक्ने बताए ।

अध्यक्ष दाहालले विगतको वाम एकतालाई जनता र कम्युनिस्ट कार्यकर्ताहरूले अनुमोदन गरे पनि त्यो एकता नटिकेको उल्लेख गर्दै यसको उत्तर नखोजी एकता हासिल नहुने बताए।

प्रतिक्रिया दिनुहोस्