१० श्रावण २०८२, शनिबार

अमेरिकाको म्यासाच्युसेट्स राज्यमा ‘नेपाल डे-२०२५’ भव्यताका साथ सम्पन्न

कोलोराडोखबर संवाददाता , July 25th, 2025

अमेरिका । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा ‘नेपाल डे-२०२५’ भव्यताका साथ मनाइएको छ ।

न्यू इङ्गल्याण्ड क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरुले नेपाली हुनुमा गर्व गर्दै र नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्दै ‘नेपाल डे–२०२५’ हर्षोल्लासका साथ भव्य रुपमा मनाएका हुन्।

ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसि) र एभरेट सिटीले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल डे–२०२५’ कार्यक्रम यही जुलाई २०,२०२५ आइतबार एभरेट सिटी स्थित ग्लेन्डल पार्कमा आयोजना गरिएको थियो।

नेपालीपन, नेपाली पहिचान, नेपालीत्व, सामुदायिक एकता र मनोरञ्जनमा ‘नेपाल डे’ कार्यक्रम केन्द्रीकृत रहेको थियो । नेपाली हुनुमा गर्व गर्दै नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्नु, नेपाल र नेपालीलाई चिनाउनु, सामुदायिक एकतालाई थप मजबुत बनाउनु र सहभागीहरुलाई मनोरञ्जन दिलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्