नेपाल । नेपाल महिला राष्ट्रिय फुटबल टोलीको क्याप्टेन सावित्रा भण्डारी (साम्बा) लाई जन्मथलो लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भव्य सम्मान गरिएको छ ।
एक कार्यक्रमबिच बिहीबार लमजुङको मर्स्याङ्दी गाउँपालिकासहित विभिन्न संस्थाले साम्बालाई सम्मान गरेको हो ।
साम्बालाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँ, खेलकुद विकास समितिका अध्यक्ष खेम घलेले सयुक्त रूपमा सम्मानपत्रसहित खादामाला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
सो अबसरमा साम्बाले गाउँपालिका अध्यक्ष गुरुङलाई आफ्नो नौ नम्बर जर्सी उपहार दिनुभएको थियो ।
मर्स्याङ्दी गाउँपालिका–९, पामचोकको सामान्य परिवारमा जन्मिएर फुटबल खेलमार्फत राष्ट्रलाई विश्वसामु र सार्क राष्ट्रबिच चिनाउँदै लमजुङ र मर्स्याङ्दी पालिकाको इज्जत र गौरव बढाएको भन्दै साम्बालाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्