३० भाद्र २०८२, सोमबार

नेपालमा सुनको मूल्य प्रतितोला दुई लाख नजिक

कोलोराडोखबर संवाददाता , July 24th, 2025

नेपाल । सुनको मूल्य फेरि बढेर तोलामा दुई लाख रुपियाँ नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार दुई हजार एक सय रुपियाँले बढेर एक लाख ९७ हजार छ सय रुपियाँमा कारोबार भएको छ ।

यस्तै मङ्गलबार तोलामा दुई हजार ३३० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार २० रुपियाँले बढेर दुई हजार ३५० रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

प्रतिक्रिया दिनुहोस्