८ श्रावण २०८२, बिहीबार

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा विकास उप्रेती र महासचिव आरसी पन्त निर्वाचित

कोलोराडोखबर संवाददाता , July 23rd, 2025

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि विकास उप्रेतीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ ।

प्रमुख निर्वाचन आयुक्त अनुप श्रीवास्तवका अनुसार उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा दीपक सापकोटा, दिवाकर पाण्डे, कुमार तामाङ र थलवीर ओली निर्वाचित भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा शान्ति पौडेल र युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल (प्रकाश) निर्वाचित भएका छन् ।

एनआरएनए एनसीसी अमेरिकाको महासचिवमा राम चन्द्र (आरसी) पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा संगीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुंगाना र सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना निर्वाचित भएका छन् ।

त्यसैगरी महिला संयोजकमा सावित्रा शिवाकोटी र युवा संयोजकमा आशिष संग्रौला चयन भएका छन् । आरसीसीहरुमा छिरिङ शेर्पा, राजु भण्डारी, रिकेश नरसिंह प्रधान र तेजेन्द्र बराल निर्वाचित भएका छन् ।

यता, बोर्ड अफ डिरेक्टरहरुमा विष्णुमणी आचार्य, कृष्णप्रसाद लामिछाने, मेराजुद्दीन इद्धिसी, मुकेश यादव, निर्भिक शाही, राजकुमार थापा, राजेश अधिकारी र उपेन्द्र राउत चयन भएका छन् ।

त्यस्तै वुमन बीओडीहरुमा सुनिता केसी, अनु खड्का, पुष्पकला घिमिरे र सुनिता केसी अधिकारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अनुप श्रीवास्तवले उल्लेख गरेका छन् ।

यता, आईसीसी मेम्बरहरुमा टीकाराज ढकाल, महेशकुमार खड्का, विष्णु राना मगर, ज्ञानेन्द्र गुरुङ, फिलिप खत्री क्षत्री, सत्यनारायण चौधरी र सोफिन थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्