७ श्रावण २०८२, बुधबार

आव २०८१-८२ मा नेपालको वैदेशिक व्यापार घाटा १५ खर्ब २७ अर्ब

कोलोराडोखबर संवाददाता , July 23rd, 2025

नेपाल । नेपालको वैदेशिक व्यापारघाटा २०८१–८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आवको तुलनामा १ खर्ब भन्दा बढीले वृद्धि भएको हो ।

नेपालको वैदेशिक व्यापार घाटा २०८०–८१ मा १४ खर्ब ४० अर्ब व्यहोरेकोमा २०८१–८२ मा १५ खर्ब २७ अर्ब व्यापार घाटा व्यहोरेको छ ।

अघिल्लो वर्षको तुलनामा यो व्यापारघाटा ६ प्रतिशतले बढेको हो । नेपालले खासगरी, भारत, चीन लगायतका देशहरूसँग ठूलो मात्रामा वैदेशिक व्यापारमा घाटा व्यहोर्दै आएको छ। परनिर्भरताले सीमा नाघ्दा सियोदेखि सुनसम्म नेपालले विदेशबाट आयात गर्दै आएको छ ।

नेपालले २०८१–८२ मा २० खर्ब ८ अर्बको वैदेशिक व्यापार गरेको थियो । भन्सार विभागका अनुसार १८ खर्ब ४ अर्बको वस्तु आयात भएको छ । यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढेको छ।

यस्तै, निर्यात वृद्धिले रेकर्ड तोडेको छ । २०८१–८२ मा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेको छ। यो निर्यात अघिल्लो आवको तुलनामा ८१ दशमलव ८० प्रतिशतले बढी हो। अघिल्लो आव २०८०–८१ मा १ खर्ब ५२ अर्बको मात्रै वस्तु निर्यात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्