नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नहुने निष्कर्ष निकालेको छ ।
दुई दिनसम्म चलेको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
“राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा भएकाले त्यसपछिको राजनीतिक पुनः सक्रियता संस्थागत मर्यादाविपरीत हुने निष्कर्षमा बैठक पुगेको हो,” बैठकपछि अयोजित पत्रकार सम्मेलनमा गौतमले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्