७ श्रावण २०८२, बुधबार

बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर हुने

कोलोराडोखबर संवाददाता , July 23rd, 2025

नेपाल । बुधबार संघीय संसद् प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।

यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्