-नातिबाबु भट्ट (कोलोराडो) । कोलोराडोमा रहेका नेपालीभाषी समुदायबीच भेटघाट , एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरद्धारा आयोजना गरिएको समर पिकनिक आईतबार सम्पन्न भयो ।
कोलोराडोको ब्रुमफिल स्थित कम्यूनिटी पार्कमा दिउसो ४ बजेदेखी सांझ ७ बजेसम्म आयोजित पिकनिक कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ , यहाँस्थित बिभिन्न संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, समाजसेवी, कलाकार, व्यवसायी, नेपालीभाषी बुबाआमा, दाजुभाइ, दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
पिकनिक कार्यक्रमको सुरुमा नेपाली जनसम्पर्क समिनि कोलोराडो च्याप्टरका अध्यक्ष गणेश भण्डारीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नेपालीभाषीहरु बीच एकआपसमा चिनाजानी गर्दै समन्वय र सद्भाव बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
पिकनिकमा संस्थाका कार्यसमितीका पदाधिकारी लगायत अन्य सहभागीहरुले घर घरमा सेलरोटी, दही, अचार, तरकारी लगायतका बिभिन्न थरिका स्वादिष्ट परिकार बनाएर ल्याई सहभागीहरुलाई निःशुल्क उपलब्ध गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्