नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिएका छन् ।
सोमबारदेखि शुरु भउको पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले विद्या भण्डारीले अहिलेसम्म के गर्छु भनेर खुलस्त नभनिसकेकाले भण्डारीको प्रवक्ता नबन्न सुझाव दिएका हुन् ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिँडेका नेताहरूप्रति रोषसमेत प्रकट गरे । उनले चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिँडेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार नै बोलाएको स्वीकार पनि गरे । तर, भण्डारीले नै लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस्