अमेरिका । नेपाली समाज टेक्ससको आयोजनामा यही जुलाई १९ र २० तारिख (शुक्रबार र शनिबार) हुन लागेको इन्टरस्टेट भलिबल प्रतियोगिताको उपाधि सानफ्रान्सिस्को भलिबल टीमले जितेको छ ।
आइतबार अपरान्ह ग्राण्डपेरीको इन्डोर भलिबल कम्प्लेक्समा आयोजित प्रतियोगितामा न्यूयोर्क टिमसँगको खेलमा लगातार तीन सेट जितेर सानफ्रान्सिस्को भलिबल टीम ‘एनएसटी कप’को विजेता भएको हो ।
उपविजेता न्यूयोर्कको रिजवड नेपाली सोसाइटीको टिम भयो । त्यस्तै सेमी फाइनलमा रुकुम पश्चिम टिम बिजयी भएर तेस्रो भएको छ ।
दुई दिनसम्मको खेलमा दिपक केसी म्यान अफ दी म्याच घोषणा भएका थिए ।
खेलकुदको माध्यमबाट नेपाली समुदायमा आपसी सम्बन्ध विस्तार र एकता प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाली समाज टेक्ससले जनाएको छ ।
नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार प्रतियोगिताका लागि टेक्सस, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो र पेन्सिलभेनिया लगायतका राज्यबाट १६ टिमको सहभागिता रहको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले शिल्डसहित ८ हजार अमेरिकी डलर नगद, दोस्रो हुनेले ५ हजार डलर र तेस्रो हुने टोलीले २ हजार डलर नगद पुरस्कार पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्