५ श्रावण २०८२, सोमबार

ब्लड डोनर्स अफ अमेरिकाको अध्यक्षमा महेश्वर पन्त चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

कोलोराडोखबर संवाददाता , July 20th, 2025

बोस्टन । ब्लड डोनर्स अफ अमेरिका (बीडीए) को अध्यक्षमा महेश्वर पन्त चयन हुनु भएको छ । अमेरिकाको बोस्टनमा भएको पाँचौं राष्ट्रिय अधिवेशनले आगामी कार्यकाल (२०२५–२०२७) का लागि पन्तको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा टिका पौडेल र उपाध्यक्षहरुमा बिरोचन नेपाल, लिला श्रेष्ठ, बिजयदेव अधिकारी र झमक निरौला चयन हुनु भएको छ । त्यस्तै कोषाध्यक्षमा फणिन्द्र क्षेत्री, सह–कोषाध्यक्षमा गंगाबहादुर थापा र सदस्यहरुमा शारदा श्रेष्ठ, डा. शारदा काफ्ले त्रिपाठी, सुनिता बस्नेत, अजयराज बगाले र सम्झना आचार्य चयन हुनु भएको छ ।

महासचिव, सचिव र ४ जना सदस्यहरु पछि चयन गरिने निवर्तमान अध्यक्ष भुषणलाल श्रेष्ठले जानकारी दिनु भयो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन प्रमुख नन्द रेग्मीले सपथ ग्रहण गराउनु भएको थियो । नयाँ कार्यसमितिलाई स्वागत गर्दै निवर्तमान अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यभार हस्तान्तरण गर्नु भएको थियो ।

उक्त समारोहमा डा. लिलाराज दाहाल र डा. नन्द रेग्मीले नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना ज्ञापन गर्नु भएको थियो । यसअघि अमेरिका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यमा उक्त अधिवेशन उद्घाटन भएको थियो ।

अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय उपाध्यक्ष महेश्वर पन्त संयोजक र उपाध्यक्ष टिका पौडेल, महासचिव डाक्टर शीरोज पोखरेल, केन्द्रीय सदस्य बिरोचन नेपाल, बोस्टन च्याप्टर अध्यक्ष राम थापा, आजीवन सदस्यहरु थानिरत्न कंडेल, सानु वर्मा, अन्जु थापा लगायत सह–संयोजक रहेको अधिवेशन मूल आयोजक समिति गठन गरिएको थियो ।

रक्तदानबारे जनचेतना जगाउने, रगत संकलन गर्ने तथा रक्तदानसंग सम्बन्धित अन्य क्रियाकलापहरु गर्ने उद्देश्यका साथ सन् २००९ मा ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को स्थापना भएको हो ।

अमेरिकाको बोस्टन शहरमा ब्लड डोनर्स अफ अमेरिकाको राष्ट्रिय अधिवेशन शुरु

 

प्रतिक्रिया दिनुहोस्