३ श्रावण २०८२, शनिबार

मुक्तकः सिनो बोकेर नहिँड्ने रे…

कोलोराडोखबर संवाददाता , July 19th, 2025

-आर.आर. चौलागाईं-
अब उनी काँधमा सिनो बोकेर नहिँड्ने रे
सडेगलेको पुरानो चिनो बोकेर नहिँड्ने रे
भन्छिन् देश बनेर हराभरा भइसकेको छ
हँसिया, हथौडा र छिनो बोकेर नहिँड्ने रे ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्