– रमेशचन्द्र घिमिरे-
उहिले बाका पालामा
मुठी घुसाई टालामा
तिउरी पिनी लगाउँथे
सक्राती मान्थे रमाउँथे
भन्दथे काका गोपीले
कर्कलाको टोपीले
हत्केला पूरै बेरिन्थ्यो
रमाइलो मान्दै हेरिन्थ्यो
उठेर मध्य रातमा
हेर्दामा दुइटै हातमा
धोएर सफा सर्लक्क
देखिन्थ्यो रातो झर्लक्क
सुनियो कुरा उहिलेका
उहिलेका कुरा खुइलेका
खोजेर तिउरी पाउँदैनन्
पाएर पनि लाउँदैनन्
अचम्म कोही नमान
आयो नि नयाँ जमाना
तिउरी लाउन्नन् पिनेर
मेहेन्दी लाउँछन् किनेर ।
——–
-भोर्लेटार, लमजुङ
प्रतिक्रिया दिनुहोस्