नेपाल । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राष्ट्रपति भइसकेको मान्छे पुनः राजनीतिमा फर्कनु वाञ्छनीय नहुने बताउनुभएको छ ।
वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा उहाँले यो कानुनी बन्धन नभए पनि नैतिक प्रश्न भएको बताउनुभयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा पार्टी र आफूसँग कहिल्यै परामर्श नगरेको उहाँले बताउनुभयो ।
भण्डारी आफ्नै हिसाबले राष्ट्रपतिमा नजानु भएको बताउँदै ओलीले पार्टीले नै राष्ट्रपति बनाएको बताउनुभयो । उहाँले पार्टीमा मोरल्लि आउनु हुन्छ कि हुँदैन, यसले पार्टीलाई, देशलाई, समाजलाई र व्यवस्थालाई कस्तो असर पर्छ भन्ने विषयमा सोचेर पार्टीले निर्णय गर्ने ओलीले बताउनुभयो । यस विषयमा पार्टीले छिटो निर्णय दिने ओलीले बताउनुभयो ।
ओलीले भण्डारीलाई अहिले नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्