२१ भाद्र २०८२, शनिबार

‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट दुई अग्रज साहित्यिक पत्रकार पुरस्कृत

कोलोराडोखबर संवाददाता , July 18th, 2025

नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौंले गत वर्ष स्थापना गरी प्रदान गर्न थालेको ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट दुई अग्रज साहित्यिक पत्रकार पुरस्कृत भएका छन् ।

प्रतिष्ठानमा मंगलबार आयोजित एक समारोहकाबीच प्रतिष्ठानका कुलपति भूपाल राईले उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित कदरपत्रले सम्मान गरे ।

‘नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ अग्रज साहित्यिक पत्रकार मोहन दुवाल र ‘मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ अग्रज साहित्यिक पत्रकार वीरबहादुर चन्दलाई प्रदान गरिएको हो ।

दुवाल पाँच दशकदेखि ‘जनमत’ साहित्यक पत्रिका प्रकाशन–सम्पादन गर्दै आएका छन् । चन्दले भने डोटेली भाषाको पत्रिका ‘गुगुल्डी’ प्रकाशन गर्दै आएका छन् । चन्दले २०५४ सालदेखि गुगुल्डी मासिक पत्रिका प्रकाशन गर्दै आएका छन् । उक्त समारोहमा प्राज्ञ अमर न्यौपानेले पुरस्कृत व्यक्तिका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्