नेपाल । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेको, मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसकेको, सङ्घीयताको प्रभावकारी कार्यान्वयन नभएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्