नेपाल । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बुधबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेकी छिन् ।
उनी मन्त्रालय पुग्दा मन्त्रालयका सचिव रविलाल पन्थलगायतका कर्मचारीले स्वागत अभिवादन गरेका थिए ।
पदबहाली गरेपछि उनले सङ्घ प्रदेश र स्थानीय तहमा हुने सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस गर्न सङ्घीय मामिला महाशाखा प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने समिति गठन गर्ने निर्णयसम्बन्धी फाइल सदर गरिन् ।
प्रतिक्रिया दिनुहोस्