अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा निर्वाचन सम्पन्न गर्न नयाँ निर्वाचन समिति गठन भएको छ ।
समितिको संयोजकमा अनुप श्रीवास्तवसहित सदस्यहरुमा भुवन आचार्य, रविन बज्राचार्य, चित्र गुरुङ र पूर्ण बानिया रहेका छन्।
संघले अमेरिका राष्ट्रिय समितिको निर्वाचन सम्पन्न गर्नका लागि अनुप श्रीवास्तवको संयोजकत्वमा बुधबार नयाँ निर्वाचन समिति गठन गरेपछि अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले आफ्नो नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढ्न सकेको हो ।
अमेरिकामा हालसम्म करिब ११ हजार सदस्यले एमआईएस प्रणालीमार्फत सदस्यता लिइसकेका छन् ।
संघको विधानअनुसार जुलाईभित्र निर्वाचन सम्पन्न नभएमा आगामी अक्टोबरमा हुने १२औं महाधिवेशनमा अमेरिकी प्रतिनिधिहरूको सहभागिता रोकिने छ।
एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसी, महासचिव गौरीराज जोशी र क्षेत्रीय संयोजक बेदराज बस्नेतद्वारा जारी विज्ञप्तिमा नवगठित समितिले निष्पक्ष र पारदर्शी निर्वाचन गराउने विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्