अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको अध्यक्षमा चेतराज ओली निर्वाचित भएका छन् ।
मंगलवार भेरो अनलाइन प्रविधिमार्फत भएको निर्वाचनमा ओलीले ६९५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ओम अधिकारीले ६५५ मत ल्याएर पराजीत भए ।
यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यमा प्रकाश सापकोटा ७५२ मतसहित विजयी भए । खुला उपाध्यक्षतर्फ अविशेक बोगटी र बल बहादुर क्षेत्री विजयी भए । अन्य उपाध्यक्षतर्फ भावदेश थापा मगर र दीपक आचार्य विजयी भए ।
महासचिवमा प्रविन बराल, सचिवमा विकास पण्डित, कोषाध्यक्ष पदमा अमृतकुमार तामाङ र सहकोषाध्यक्षमा राजेन्द्र न्यौपाने विजयी भए । युवा उपसंयोजक पदमा उज्ज्वल खड्का र कार्यसमिति सदस्यतर्फ ज्यस्ना अधिकारी, मन कुमार राई, रेजिन कार्की, सतीश पराजुली र विवेक रिमाल विजयी भए ।
निर्वाचनको नतिजा निर्वाचन आयुक्त शुक्रराज न्यौपानेले सार्वजनिक गरेका थिए । यसअघि अधिवेशनलाई संघका केन्द्रीय उपाध्यक्ष डा. हेम राज शर्मा र सचिव भीमकमल केसीले सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्