अमेरिका । अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।
जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख छ ।
रोजिनको नेपालको ठेगाना दाङ हो भने, राजनको ठेगाना खुलेको छैन । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्