३२ असार २०८२, बुधबार

गुप्ताको राजीनामा पछि भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

कोलोराडोखबर संवाददाता , July 16th, 2025

नेपाल । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न राष्ट्रिय सभा सदस्य न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

मंगलबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएलगत्तै, रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्