३२ असार २०८२, बुधबार

प्रतिनिधिसभा बैठकमा साउन ७ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर हुने

कोलोराडोखबर संवाददाता , July 16th, 2025

नेपाल । प्रतिनिधिसभा बैठकमा साउन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्