३२ असार २०८२, बुधबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक

कोलोराडोखबर संवाददाता , July 16th, 2025

नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक गरिएको छ।

नेपालकी दोस्रो राष्ट्रपति भण्डारीको व्यक्तिगत वेबसाइट  https://www.bidyabhandari.com.np/ औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

उक्त वेबसाइटमा उनको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्ताराष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्तावेजहरूलाई राखिएको छ ।

यो साइट भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यहरू, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्ताराष्ट्रिय मित्रता प्रवर्धनमा उनले पुर्‍याएका योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले निर्माण गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्