नेपाल । मिना देउवाको ह्याट्रिकमा नेपालले साफ यू–२० महिला च्याम्पियनसिपमा श्रीलंकालाई ७–० को फराकिलो अन्तरमा हराएको छ ।
नेपालको यो दोस्रो जित हो । तीन खेलबाट नेपालले ६ अंक बनाएको छ । बंलादेशको बसुन्धरा किङ्स एरिनामा वर्षाको कारण नियमित समयभन्दा डेढ घण्टा ढिला गरी सुरु भयो ।
श्रीलंकाविरूद्ध नेपालले गोलको वर्षा गर्यो । मिनाले ह्याट्रिक गर्दा पुर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारी नाथले समान १ गोल गरिन् ।
पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको नेपाल दोस्रो खेलमा आयोजक बंलादेशसँग ३–२ होल अन्तरले हारेको थियो।
अब नेपालले बिहिवार श्रीलंकासँग नै खेल्नेछ भने त्यसपछि भुटान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्