नेपाल । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेपछि घटेको मूल्य समायोजन भएको निगमको भनाइ छ ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर पाँच रुपियाँ तीन पैसा र मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपियाँ ३० पैसाले मूल्य घटेको हो ।
इण्डियन आइल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्