अमेरिका । इंग्ल्यान्डले भारतलाई तेस्रो टेस्टमा २२ रनले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ५ टेस्टको शृंखलामा २–१ को अग्रता बनाएको छ ।
१ सय ९३ रनको लक्ष्य पाएको भारत पाँचौं तथा अन्तिम दिन खेलको अन्तिम सत्रमा १ सय ७० रनमै अलआउट भयो ।
अफ स्पिनर सोएब बसिरको बललाई भारतका अन्तिम ब्याटर मोहम्मद सिराजले रोक्न खोजे पनि बल भुईंमा टप्पा खाँदै स्पिन भएर स्टम्पमा लागेपछि इंग्ल्यान्डले नाटकीय विजय हात पारेको हो ।
इंग्ल्यान्डले लिड्सको पहिलो टेस्ट जितेर शृंखलामा अग्रता लिएको थियो । भारतले एजबास्टेन टेस्ट ३ सय ३६ रनले जितेर शृंखला बराबरीमा ल्याएको थियो । चौथो टेस्ट जुलाई २३ बाट म्यानचेस्टरमा सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस्