नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले आफूले गल्ती नगरेको भन्ने आँट पनि नदेखाएको भन्दै अनुसन्धानको बाटो सहज बनाउन तत्काल बर्खास्त गर्नुपर्ने बताए ।
थापाले पार्टीले नेताहरूमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्