३१ असार २०८२, मंगलवार

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित

कोलोराडोखबर संवाददाता , July 15th, 2025

नेपाल । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यप्रणाली र जिम्मेवारी पालनबारे छानबिन गर्न मन्त्रिपरिषद्ले तीन सदस्यीय समिति गठन गरेसँगै उनी स्वतः निलम्बित भएका छन् ।

पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा बनेको समितिले ओझामाथि लगाइएका आरोपहरूको छानबिन गर्नेछ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले बीमा ऐन २०७९ को व्यवस्था अनुसार छानबिन समिति गठन गरेको हो । समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला पनि सदस्य रहेका छन् । ऐनको दफा १२ को उपदफा ३ अनुसार, छानबिन समिति गठन भएमा सम्बन्धित अध्यक्ष वा सदस्य स्वतः निलम्बित हुने व्यवस्था छ ।

सरकारले ओझालाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। उनमाथि फर्जी कागजात पेश गरी नियुक्ति लिएको आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्